Logo

राप्रपाले जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने



काठमाडौं,३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ ।

आइतबार धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दबाब दिने उद्देश्यले आमसभा गर्न लागिएको बताए ।

नक्कली शरणार्थी प्रकरणको छानबिनलाई सशक्त बनाउनुपर्ने र छानबिन कमजोर बनाउन नहुनेमा उनले जोड दिए ।

राप्रपा प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताका पक्षमा सशक्त आवाज उठाउने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्