Logo

यी हुन् एमालेबाट संसदीय सुनुवाइ समितिमा जाने सदस्यहरु,अन्य दलबाट को को ? (सूचीसहित)



काठमाडौं,३१ वैशाख । नेकपा एमालेले संघीय संसदअन्तर्गत संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम बुझाएको छ ।

नेकपा एमालेले प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी घर्तीको नाम सिफारीस गरेको छ । त्यस्तै देवेन्द्र दाहाल राष्ट्रियसभाबाट मनोनयन भइसकेका छन्  ।

एमालेले नाम बुझाएपनि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले भने नाम बुझाएका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाले प्रदीप यादवको नाम पठाएको छ ।

संसदीय समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट ३ जना रहने व्यवस्था छ ।

समितिमा नेपाली कांग्रेस र एमालेका समान ५र५ जना सांसद हुने छन् । त्यस्तै माओवादी केन्द्रबाट २, र रास्वपा, राप्रपा र जसपाबाट १\१ जना रहने छन् ।

संवैधानिक अंगका पदाधिकारी र विभिन्न देशका राजदूत नियुक्ति सिफारिसको सुनुवाइ संसदीय सुनुवाइ समितिले गर्छ । केही दिनअघि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद् बैठकले सुनुवाइ समितिसमक्ष सिफारिस गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्