Logo

पाँच विद्यार्थी संगठनले भोलि संयुक्त कार्यक्रम गर्दै



काठमाडौं,३१ वैशाख । विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्।

नेकपा (माओवादी केन्द्र) र नेकपानिकट अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौं र नेसपानिकट समाजवादी विद्यार्थी युनियनले कार्यक्रम आयोजना गर्न लागेका हुन्।

जेठ १ गते राष्ट्रिय नाचघरमा हुने ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी हुने छन्।

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्