Logo

शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणसहित १२ जना पक्राउ, चार जना फरार



काठमाडौं, ३१ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका १२ जनालाई नै आज (आइतबार) चार दिनको म्याद थप गरिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री खाँण, नेपाल सरकारका सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छारो सन्दीप लगायत १२ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी, नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्व गहृमन्त्री बादलका छोरा प्रतिक थापा, बादलका प्रमुख सुरक्षा सल्लाहकार राईका छोरा निरज र नेपाली कांग्रेसका पूर्वसंविधानसभा सदस्य आङटावा शेर्पा फरार रहेका छन् । प्रहरीले उनीहरुको खोजी कार्य तीब्र बनाएको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्