Logo

संसद्मा टिसर्ट र जिन्स पाइन्ट प्रतिबन्ध



काठमाडौं,३१ वैशाख । प्रतिनिधिसभाले संसद बैठकमा सहभागी हुँदा सांसदहरुले लगाउने पोशाक तय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुख देवराज घिमिरेले सांसदहरुको पोशाक तोकेका हुन् ।

तिनिधिसभा नियमावली २०७९ को नियम २४२ मा पोशाक र प्रतीक चिह्न सम्बन्धी व्यवस्था छ । जहाँ सांसदको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोके बमोजिम हुने उल्लेख छ। सभामुखले पोशाक तोक्दा औपचारिक, मौलिक सँस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक समेतमा ध्यान दिनुपर्ने नियमावलीमा छ ।
‘आज भएको निर्णय अनुसार वैठकमा उपस्थित हुँदा फुल कोर्ट, हाफ कोर्ट लगाउन सकिनेछ भने मौलिक सँस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित पोशाक पनि लगाउन सकिनेछ । तर, टिसर्ट पाइन्ट, जिन्स पाइन्ट लगाउन भने पाइनेछैन ।



प्रतिक्रिया दिनुहोस्