Logo

धुम्रपान नगरे क्यान्सर हुने सम्भावना ८० प्रतिशत कम हुन्छः डा.अम्बुज कर्ण



काठमाडौं, ३१ वैशाख । नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरुले बताएका छन् । क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको पनि चिकित्सकहरुको भनाई छ ।

आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा नेपाल, सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालको सहकार्यमा आयोजित धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी विशेषज्ञ चिकित्सकहरुसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै चिकित्सकहरुले धुम्रपान नियन्त्रण गर्नसके क्यान्स हुने सम्भावना ८० प्रतिशत घटेर जाने बताएका हुन् ।

वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णले नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको बताए । नेपालमा दिनानुदिन क्यान्सर रोगीहरुको संख्यामा बृद्धि भइरहेको उनको भनाई छ । सोही अनुरुप प्रविधि र अस्पतालहरुकोसमेत विकास भइरहेको कर्णले बताए ।

‘नेपालमा क्यान्सर रोगको अवस्था भयावह छ । क्यान्सर रोगीहरु दिनानुदिन बढ्दैछन् । क्यासन्सरका विरामी बढेसँगै उपचारका विधि र पद्धतिहरुसमेत विकास भइरहेका छन् । आज त्यसको प्रयोग हामीसँग पनि छ,’– उनले भने ।

क्यान्सरको विरामीलाई सरकारले एक लाखसम्मको उपचारमा सहुलियत दिइरहेको उनले बताए । विरामीलाई एक लाखको उपचार सुविधाले नपुग्ने उनको भनाई छ । सरकारले क्यान्सरका विरामीलाई निःशुल्क उपचारको व्यवस्था गर्नपर्ने र क्यान्सरको उपचारपछिको जीवनका बारेमा पनि राज्यले सोच्न आवश्यक रहेको उनले औंल्याएका छन् ।

‘क्यान्सरको मुख्य कारण धुम्रपान हो । यदि धुम्रपानमा नियन्त्रण गर्नसक्यौं भने हामी करिब ८० प्रतिशत क्यान्सरबाट हामी मुक्त हुनसक्छौं,’–उनले भने ।

नेपालमा क्यान्सर उपचारमा सरकारी तथा नीजि अस्पताल लागिपरे पनि त्यो पर्याप्त नभएको उनले बताए । क्यान्सरको विरुद्धमा जनचेतना फैलाउन आवश्यक रहेकोसमेत उनले जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot