Logo

क्यान्सरको प्रमुख कारण सुर्ति सेवन र जीवनशैली होः डा.अञ्जनी कुमार झा



काठमाडौं, ३१ वैशाख । नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरुले बताएका छन् । क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको पनि चिकित्सकहरुको भनाई छ ।

आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा नेपाल, सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालको सहकार्यमा आयोजित धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी विशेषज्ञ चिकित्सकहरुसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै चिकित्सकहरुले धुम्रपान नियन्त्रण गर्नसके क्यान्स हुने सम्भावना ८० प्रतिशत घटेर जाने बताएका हुन् ।

चिकित्सक संघका पूर्वअध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा.अञ्जनी कुमार झाले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन र जीवनशैली रहेको औंल्याए । नेपालमा क्यान्सरविरुद्धको भ्याक्सिनको धेरै चर्चा हुने गरे पनि त्यसको परिपूर्ति गर्न अहिले असम्भव रहेको उनको भनाई छ । विकशित देशमासमेत क्यान्सरविरुद्धको भ्याक्सिन अभाव रहेको उनले बताए । त्यसका लागि नेपाल सरकारले जि टु जि प्रक्रियाबाट काम सुरु गरेमामात्रै सम्भव रहेको उनले बताए ।

‘क्यान्सरको एउटा पाटो त जीवनशैली नै हो । दोस्रो कुरा सरकारले दिन पर्ने बजेट र त्यसको उपयोग, हामी क्यान्सरको भ्याक्सिन, भ्याक्सिन त भनिरहेका छौं । हुन पनि पर्छ र पाउन पनि पर्छ । तर, भ्याक्सिन ल्याउने कहाँबाट ? यो जि टु जीमार्फत भ्याक्सिन उपलब्ध गराउने हो भनेमात्रै सम्भव छ,’– उनले भने ।

क्यान्सरका क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढाउन नेपाल सरकारले काम गर्न पर्ने उनको भनाई छ । थप जनशक्तिको विकास हुन पनि आवश्यक रहेको उनले बताए । नीजि क्षेत्रबाट क्यान्सरको उपचार निकै महँगो भएको कारण सरकारीस्तरबाटै यसका लागि पहल हुनुपर्ने उनले बताए । साथै, सबै प्रकारका क्यान्सरको उपचार नेपालमै सम्भव रहेको उनले बताए । सरकारले यस क्षेत्रमा अलिधेरै ध्यान दिने हो भने क्यान्सरको उपचारमा बाहिरिने नेपालको अर्थतन्त्र रोक्न सकिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot