Logo

टोपबहादुरलक्षित दीपकको व्यंग्य‘आखिर त्यत्रो भूमिगत अनुभवले पनि काम गरेन’



काठमाडौं,१ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाएको आरोपमा नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहाहुर रायमाझी पक्राउ परेका छन् ।

उनलाई नक्कली शरणार्थी प्रकरणमा दोषी भेटिएपछि गत वैशाख २० गते प्रहरीले पक्राउ पूर्जी जारीको थियो ।

पक्राउको सूचना पाउनासाथ फरार रहेका प्रतिनिधिसभा सदस्यसमेत रहेका रायमाझी अन्ततः हिजो काठमाडौंबाट पक्राउ परे ।
रायमाझी नेपाली राजनीतिमा अरु नेताभन्दा चतूर नेताको रुपमा चिनिन्छन् । माओवादीले गरेको १० वर्षे शसस्त्र जनयुद्धमा सहभागीमध्ये एक नेतासमेत रहेका रायमाझी पक्राउ परेपछि उनको चतूरतालाई लिएर व्यंग्य सुरू भएको छ ।

रायमाझी १० वर्षसम्म भूमिगत रहन सफल भएको तर अहिले प्रहरीको पञ्जाबाट उम्कन नसकेको भन्दै केही नेता तथा कलाकारले व्यंग्य गरेका छन् ।

यसैलाई अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले व्यंग्य गरेका छन्। त्यसो त कलाकार गिरीको पृष्ठभूमि व्यंग्यकार तथा हास्य कलाकार नै हो। उनि कलाकारीतासँगै राजनैतिक गतिविधिमा समेत रुचीकासाथ आफ्नो भनाइ व्यक्त गर्ने गर्दछन् ।

टोपबहादुर रायमाझी पक्राउ परेपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आखिर टोपबहादुरजीको त्यत्रो भूमिगत भएको अनुभवले पनि काम गरेन।’



प्रतिक्रिया दिनुहोस्