Logo

रेशम चौधरीको मुद्दा न्यायधीशद्वय भट्टराई र सुवेदीको संयुक्त इजलासमा, आजै फैसला आउन सक्ने



काठमाडौं, १ जेठ । रेशम चौधरीविरुद्धको मुद्दामा सुनुवाई जारी रहेको छ । टिकापुर घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका चौधरीको मुद्दा उपर अन्तिम सुनुवाइ हुन लागेको हो ।

उनको मुद्दा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा सुनुवाई भइरहेको छ । टिकापुर घटनामा चौधरी लगायत ११ जनालाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते जन्मकैदको फैसला सुनाएको थियो ।

त्यसैगरी, उच्च अदालतमा पुनरावेदन दिएका चौधरीलाई उच्च अदालत दिपायलले पनि जन्मकैदको फैसला सदर गरेको थियो । उनी उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च गएका हुन् । रेशम निर्दोष रहेको भन्दै उनलाई उन्मुक्ति दिनुपर्ने राजनीतिक वृत्तमा बेलाबेला आवाज उठ्दै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot