Logo

भ्रष्टाचारविरुद्ध युवा संघको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १ जेठ । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन गरेका छन् । प्रदर्शन रन्त राज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्गबाट सुरु भएको थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्रीसहित शीर्ष नेताहरु पक्राउ परिरहेको अवस्थामा एमाले निकट विद्यार्थी संगठन र युवासँगले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने नाराका साथ प्रदर्शन गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ गरिसकेको छन् । त्यसैगरी कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई लगायत १३ जना पक्राउ परिसकेका छन् । उक्त प्रकरणमा पक्राउ पुर्जी जारी भएका तीन जना अझै फरार छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्