Logo

नक्कली शरणार्थी प्रकरण निष्पक्ष छानविन हुनेमा जनतालाई विश्वास छैनः ठाकुर गैरे



काठमाडौं, १ जेठ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले यसरकारले नक्कली शरनार्थी प्रकरणमा सरकारले सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) को प्रतिनिधि सभालाई सम्बोधन गर्दै गैरेले नेपालीलाई भुटानी शरणार्थी बनाएर विक्रि वितरण गर्ने मानव तस्करी र राष्ट्रघाति कामकोविरुद्धमा गत वैशाख २७ गतेको प्रतिनिधि सभा बैठकमा बुलन्द आवाज उठेको स्मरण गर्दै सरकारलाई यस विषयमा जानकारी गराउन सभामुखले रुलिङ गर्दा पनि आजको प्रतिनिधि सभा बैठकमा कार्यसूची नपरेको प्रति उनले आपत्ति जनाएका हुन् । उनले नक्कली शरणार्थी प्रकरणमा दोषी उपर निष्पक्ष भएर छानविन गर्न माग गरेका छन् ।

‘यस्तो जघन्य विषयमा आजसम्म सरकारले यो सार्वभौम सदनलाई यस्तो भएको छ, यति प्रगति भएको छ र हामी यस्तो गर्दै छौं भन्न के कारणले समस्या भइरहेको छ ? सरकारले यसको अनुसन्धानमा ढिलासुस्ती र आलटाल गरिराखेको छ । जनतालाई यसको निष्पक्ष छानविन हुन्छ भन्ने कुरामा विश्वास छैन,’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्