Logo

रास्वपाले संसद्मा उठायो शीर्ष तीन दलका नेताको भेटको विषय



 

काठमाडौं,१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विगत केही समयदेखि प्रमुख तीनदलका शीर्ष नेताहरुबीच भइरहेको भेटघाटको विषयमा संसद्मा कुरा उठाएको छ ।

आज बसेको प्रतिनिधिसभाको वैठकको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद् मनिश झाले शीर्ष नेतृत्वको भेटघाट प्रति आपत्ति जनाएका हुन् ।

‘शीर्ष तीन दलका नेताहरु पटक पटक भेटिरहेको हामी सञ्चार माध्यमबाट सुन्छौ । देशमा केही आपत्त परेको बेलामा बाढी पहिरो,भूकम्प वा अन्य केही विपत्ती परेको बेलामा त नेताहरु यती तारन्तर भेटिरहेको समचार सुन्दैनौ ?’ उनले भने

शीर्ष नेताहरुको भेटघाट प्रति सशंकित भइरहेको रास्वपाले शरणार्थी प्रकरणलाई गुपचुप राख्न खोजिए कडा रुपमा प्रतिवाद् गर्ने चेतावनीसमेत दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्