Logo

नतीजा प्रकाशनमा त्रिविको लापरबाहीप्रति सांसद सापकोटाको आपत्ति



काठमाडौं, १ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले त्रिभुवन विश्वविद्यालय र रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै आपत्ति जनाएका छन् ।

आज (सोमबार) को प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद सापकोटाले त्रिवि परीक्षा नियन्त्रण कार्यालयको गल्तीका कारण झण्डै पाँच सय विद्यार्थीको भविष्यमाथि प्रश्न चिन्ह खडा भएको बताएका हुन् ।

‘आरआर क्याम्पस भन्छ– त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गल्ती भयो, त्रिविको परीक्षा नियन्त्रण कार्यालय भन्छ– आरआरको गल्तीले कमजोरी भयो । एकले अर्कोलाई दोषारोपण गर्ने र ५ सयभन्दा बढी विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भइरहेको छ,’– सांसद सापकोटाले भने । साथै, त्रिविमा हुने परीक्षा प्रणाली र नतीजा प्रकाशनमा हुने ढिलासुस्तीका बारेमा पनि उनले सदनमा प्रश्न उठाएका छन् । File Photo/ Reporters Nepal 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्