काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा हाजिर गराइएको छ ।
हिजो (आइतबार) बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदातल काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिसकेको छ ।
उनी १० दिनदेखि प्रहरीको फरार सूचीमा थिए । रायमाझी पक्राउ परेसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ । पक्राउ पुर्जी जारी भएका तीन जना अझै फरार छन् ।