Logo

नक्कली शरणार्थी प्रकरणः टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालत अनुमति दिएको छ ।

हिजो (आइतबार) बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदातल काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरेको हो ।

उनी १० दिनदेखि प्रहरीको फरार सूचीमा थिए । रायमाझी पक्राउ परेसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ । पक्राउ पुर्जी जारी भएका तीन जना अझै फरार छन् । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्