Logo

शरणार्थी प्रकरणमा खेद प्रस्ताव पास गर्न रास्वपा सचेतक परियारको माग



काठमाडौं,१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा खेद प्रस्ताव पास गर्न सरकारसँग माग गरेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले राज्यकै लज्जाको विषय भएकाले खेद प्रस्ताव पास गर्नुपर्ने बताए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको जुन घटना आएको छ । त्यसले नेपाली राजनीतिलाई लज्जीत बनाएको छ । घटनाको छानबिन कहाँ पुगेको छ सरकारको गृहमन्त्रीलाई संसदमा आएर जवाफ दिन अनुरोध गर्छु । नेपाल राष्ट्रको लागि सभामुखतर्फ सरकारलाई यो घटनाप्रति लज्जाबोध गरेर यो घटनाप्रति खेद प्रस्ताव पास गर्न माग गर्छु ।’



प्रतिक्रिया दिनुहोस्