Logo

भुटानी शरणार्थी प्रकरणका आरोपितहरूको पासपोर्ट जफत गर्न रास्वपाको माग



काठमाडौं,१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने कार्यमा संलग्नको राहदानी जफत गर्न माग गरेको छ ।

सोमवार एक विज्ञप्ति जारी गर्दै रास्वपाले यो प्रकरण संगठित ठगी र राज्यविरूद्ध अपराध भएकोसमेत बताएको छ।

‘यो प्रकरण केवल भ्रष्ट्राचारको मुद्दा होइन। एक सङ्गठित ठगी, राज्य विरुद्ध अपराध हो, राष्ट्रघाती कार्य हो। यो मानव तस्करीको नविन रुप हो, ठगी हो तथा भ्रष्ट्राचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी, अन्तरदेशीय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी लगायतका अन्तर्राष्ट्रिय सन्धी सम्झौता समेतको उल्लङ्घन हो। तसर्थ यस्ता अपराधलाई भ्रष्ट्राचारको रुपमा मात्र हेरिनु पर्याप्त हुँदैन,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ।

रास्वपाले ‘दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारलाई खबरदारी गर्दै यसमा संदिग्ध व्यक्तिहरुको राहदानी तत्काल जफत गरी मुलुक बाहिर जानबाट रोक्न माग गरेको छ । साथै यस प्रकरणमा पीडित पक्षको ठगी भएको रकम पीडकबाट असुल उपर गराई फास्ट ट्रयाकमा क्षतिपूर्ति दिलाउन सरकारद्वारा सहजीकरण गरिदिनहुन समेत रास्वपाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्