Logo

नक्कली शरणार्थी काण्ड देशका लागि लज्जास्पदः आरजु राणा



काठमाडौं, १ जेठ । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो फेक अडियो बनेको भन्दै आपत्ति जनाएकी छन् ।

उनले आफ्नो नाम जोडिएर आएको अडियोको फरेन्सिक टेस्टका लागि दिएकोसमेत बताएकी छन् । उनले नक्कली अडियो बनाएर आफ्नो क्यारेक्टरमाथि रेप गरिएकोसमेत बताईन् ।

‘भुटानी शरणार्थी प्रकरणमा मेरो नाम लिएर बनाइएको फेक अडियो मैले फरेन्सिक टेस्टको लागि दिएको छु । दर्ता गर्न पनि मानिएको थिएन । साथीहरुले विश्वास गर्नु हुन्न होला ! सत्ता पक्षको ठूलो नेताको श्रीमती भनेर । तीन घण्टा लाग्यो दर्ता गर्न । फेक अडियो मेरोमात्रै बनेको होइन, अरु अरुको पनि बनेको छ । तर, नाम मेरोमात्रै उच्चारण किन हुन्छ ?’– उनले प्रश्न गरिन् ।

नक्कली शरणार्थी काण्ड देशका लागि सबै भन्दा लज्जास्पद भएको उनको भनाई छ । ‘जुन यो नक्कली भुटानी शरणार्थी काण्ड छ, यो देशका लागि सबै भन्दा लज्जास्पद काण्ड मलाई पनि लागेको छ,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्