Logo

रेशम चौधरीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं,१ जेठ । रेशम चौधरीविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा रोकिएको छ । टिकापुर घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका चौधरीको मुद्दा उपर अन्तिम सुनुवाइको लागि आज पेसी तोकिएको थियो ।

उनको मुद्दा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा परेकोमा वहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । टिकापुर घटनामा चौधरी लगायत ११ जनालाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते जन्मकैदको फैसला सुनाएको थियो ।

त्यसैगरी, उच्च अदालतमा पुनरावेदन दिएका चौधरीलाई उच्च अदालत दिपायलले पनि जन्मकैदको फैसला सदर गरेको थियो । उनी उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च गएका हुन् । रेशम निर्दोष रहेको भन्दै उनलाई उन्मुक्ति दिनुपर्ने राजनीतिक वृत्तमा बेलाबेला आवाज उठ्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्