Logo

जनता हामीबाट अलग हुने खतरा देखिराखेको छुः पूर्वप्रधानमन्त्री भट्टराई



काठमाडौं, १ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकरणको पक्षपोषणमाले लागेमा आगामी दिनमा जनताले नकार्ने बताएका छन् । आज (सोमबार) ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले अहिले युवाहरुले नयाँपन खोजिराखेको र नयाँपन खोजेपनि विकल्प के हो भन्ने पहिल्याउन नसकेको टिप्पणी गरे । वाम शक्तिहरु आगामी दिनमा पनि हिजोकै गाथा गाएर बसेको खण्डमा जनता आफूहरुबाट अलग हुने उनको भनाई छ ।

‘युवामा असन्तुष्टि छ, नयाँपन खोजिराखेका छन् । त्यसले गर्दा उनीहरुले अहिले नयाँको कुरा त गरेका छन् तर विकल्प के हो ठम्याउन सकिराखेका छैनन् । यस्तो बेलामा हामी हिजोका क्रान्तिकारी शक्तिहरुले समयानुकूल आफूलाई रुपान्तर गर्न सकेनौं र हिजोकैमात्र गाथा गाएर बसिराख्यौं भने जनता हामीबाट अलग हुनसक्छन् । त्यो खतरा मैले देखिराखेको छु,’– उनले भने ।

कम्युनिष्ट नाम गरेका शक्तिहरु सत्तामा पुगेर लोकतन्त्रमा अलोकतान्त्रिक हरकत गरेको उनको आरोप छ । क्रान्तिपछि लामो समय सत्तामा बस्दा सत्ताको चास्नीले भ्रष्टीकरणको बाटोमा लैजाने उनले बताए । अहिलेको नक्कली शरणार्थी प्रकरण त्यसैको संकेत भएको उनको भनाई छ ।

‘ेखासगरी क्रान्तिपछि लामो समय सत्तामा बसिराख्यो भने, सम्पूर्ण नेतृत्व सत्तामा गयो भने सत्ताको जुन चास्नी हुन्छ, त्यसले भ्रष्टीकरण गरिदिन्छ । अहिले जुन प्रकारका भ्रष्टाचारका कुराहरु आइराखेका छन्, त्यो त्यसैको संकेत हो । कम्युनिष्ट नाम गरेका शक्तिहरुले सत्तामा रहँदा भन्नलाई कम्युनिष्ट भन्ने तर आचरण अर्कै गर्ने प्रवृत्ति रहेको छ । लोकतन्त्र भन्ने अलोकतान्त्रि हरकत गर्ने प्रवृत्तिले जनतामा निराशा छ,’– उनले भने । File Photo/ Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्