Logo

टोपबहादुर रायमाझीले कतिसम्म गरेका थिए भन्ने विप्लवजी र हामीलाई थाहा छः अग्नि सापकोटा



काठमाडौं, १ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसभामुख अग्नि सापकोटाले टोपबहादुर रायमाझी अवसरवादी भएको टिप्पणी गरेका छन् । आज (सोमबार) ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले रायमाझीलाई लाभको लागि सिद्धान्तको बली चढाउन पछि नपर्ने व्यक्तिको रुपमा चित्रण गरे ।

‘लाभका लागि सिद्दान्तको बली चढाउनु लज्जाजनक कुरा हो । अहिले देखिराखिएको छ, अहिले अरु मान्छेलाई त भ्रम छ । कमरेड विप्लवलाई र हामीलाई धेरै राम्रोसँग थाहा छ, टोपबहादुर रायमाझी भनेको कुन खाल्को अवसरवादी हो ? उनले कतिसम्म पहिलेदेखि गरिराखेका थिए भन्ने कुरा हामीलाई थाहा छ,’– उनले भने



प्रतिक्रिया दिनुहोस्