Logo

एमालेले आफूमाथि सांघातिक हमलाको दुष्प्रयास गरेको पूर्वसभामुख सापकोटाको आरोप



काठमाडौं, १ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसभामुख अग्नि सापकोटाले आफू सभामुख भएको बेला नेकपा (एमाले) का कार्यकर्ताले पटक–पटक सांघातिक आक्रमणको प्रयास गरेको आरोप लगाएका छन् ।

आज (सोमबार) ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले माधव नेपालको पार्टीका सांसदहरुको सूचना नटाँसेको निहुँमा एमालेबाट संसद्मा र संसद् बाहिर पनि सांघातिक आक्रमणको प्रयास भएको बताएका हुन् ।

‘मलाई त्यतिबेलाको विपक्षी नेता केपी ओलीले त्यतिबेला हेरौं कसरी सदन चल्दोरहेछ भनेर च्यालेन्ज गरिसकेपछि मैले त्यो च्यालेन्जलाई स्विकार गरेँ । त्यसलाई मैले गम्भीरतापूर्वक लिएँ । मैले माधव कमरेडहरुको चौध जनाको सूचना टाँस गरिन् । सूचना टाँस नगरेपछि मेरोविरुद्ध लगातार आक्रमण भयो । सदनमामात्रै होइन, जहाँ भेट्यो त्यही सांघातीक हमला गर्ने दुष्प्रयास गरे । बुटवलमा आक्रमणको दुष्प्रयास गरे, धुलिखेलमा आक्रमणको दुष्प्रयास गरे,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot