काठमाडौं,२ जेठ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले देश र जनताप्रति गद्दारी गरेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नलाई जोगाउन खोज्नेलाई इतिहासले माफ नदिने बताएका छन्।
सञ्चारमाध्यममा ठगी कसुरमा मात्रै मुद्दा चलाएर मुद्दा कमजोर पार्न प्रहरीलाई उच्च राजनीतिक दलको दबाबको समाचार प्रकाशित भएपछि उनले त्यसो गर्नु आफैमा अपाराधिक भएको बताएका छन् ।
आज सामाजिक सञ्जालमा रावलले लेखेका छन्, ‘राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी,शहीदको रगतको अपमान,संविधान,कानून र शासन प्रणाली मिच्ने अपराधिक कर्म हुनेछ,इतिहासले माफी दिने छैन’।