काठमाडौं,२ जेठ । प्रतिनिधि सभाको पहिलो बैठक बसेको ६ महिनापछि संसदीय समितिहरु सक्रिय हुन थालेका छन् । मिनी संसद भनेर चिनिने संसदीय समितिहरुको बैठक आजबाट सुरु भएको छ ।
अहिले सार्वजनिक लेखा समितिको वैठक बसिरहेको छ ।
बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरेका छन् । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिने प्रचलन अनुसार नेकपा एमालेको भागमा परेको छ । समितिको सभापति चयन नभइसकेकाले पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको रुपमा केसीले गरेका हुन् ।
एमालेबाट समिति सभापतिमा योगेश भट्टराई र गोकुल बास्कोटा आकांक्षी रहेका छन् ।