Logo

जबराको अध्यक्षतामा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सुरू



काठमाडौं,२ जेठ । प्रतिनिधि सभाको पहिलो बैठक बसेको ६ महिनापछि संसदीय समितिहरु सक्रिय हुन थालेका छन् । मिनी संसद भनेर चिनिने संसदीय समितिहरुको बैठक आजबाट सुरु भएको छ ।

अहिले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सुरू भएको छ ।

बैठक राप्रपाका सांसद पशुपति समशेर जबराको अध्यक्षतामा बसिरहेको छ ।

सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश दिन मंगलबार प्रतिनिधि सभाका १० वटै समितिका बैठक राख्न भनेका थिए । सोही अनुसार आज समितिका ज्येष्ठ सदस्यहरुको अध्यक्षतामा संसदीय समितिहरुको बैठक बसेको छ ।



प्रतिक्रिया दिनुहोस्