Logo

राप्रपा केन्द्रीय समिति बैठक जारी



काठमाडौं,२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समिति बैठक जारी रहेको छ। केन्द्रीय समिति बैठक बिहान साढे ८ बजेदेखि धुम्बाराहीमा जारी रहेको राप्रपाले जनाएको छ ।

सोमवारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ ।

यसै गरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेश गरेको सांगठानिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot