Logo

बागमतीका अर्थमन्त्रीलाई थप तीन मन्त्रालयको जिम्मेवारी



काठमाडौं,२ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थीक मामिलामन्त्री तथा नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् ।

शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा ५१ दिन अघिबाट मन्त्रीविहीन बनेका ५ रित्त मन्त्रालय मध्ये तीन मन्त्रालय लामालाई दिएका हुन् ।

बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लामालाई दिईएको जनाएका छन् ।

कांग्रेसले ६ वटा मन्त्रालयको दाबी नछाडेपछि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका मुख्यमन्त्री जम्कट्टेलले तीनवटा मन्त्रालयको जिम्मेवारी लामालाई दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्