Logo

नक्कली शरणार्थी प्रकरणमा आत्मसमर्पण गरेका कांग्रेस नेता प्रहरी हिरासतमै घाइते



काठमाडौं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएर पश्चात नेपाल प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा प्रहरी हिरासतमै घाइते भएका छन् ।

हिजो (सोमबार) प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका शेर्पाको टाउकोमा गम्भीर चोट लागेको पाइएको छ । उनलाई रातीनै राष्ट्रिय ट्रमा सेन्टरमा ल्याएर उपचारसमेत गरिएको छ ।

शेर्पा २०७० सालमा रामेछापबाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुलाई शेर्पाले भेटेपछि प्रहरीले उनीविरुद्ध शुक्ष्म अनुसन्धान थालेको थियो । अन्ततः सोही प्रकरणमा उनी पनि पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्