Logo

प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुख घिमिरेबीच भेटवार्ता



काठमाडौं,२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संसद् वैठक, बजेट तथा सरकारको नीति तथा कार्यक्रमको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले यस वर्षको नीति तथा कार्यक्रम यही जेठ ५ गते संसद्मा पेस गर्ने तयारी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्