Logo

रेशम चौधरीको मुद्दामा सुनुवाइ आज पनि



काठमाडौं, २ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको मुद्दामा आज पनि सुनुवाइको लागि पेशी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा परेको उनको मुद्दा हिजो हेर्दाहेर्दैमा परेको थियो ।

चौधरीको मुद्दामा उनी पक्षका कानुन व्यवसायी र सकारी वकिललेसमेत वसह सकिसकेका छन् । उनीमाथि टीकपुर घटनामा संलग्न रहेको आरोप छ । उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थिए । त्यसपछि उच्च अदालतमा पुनरावेदन गएका चौधरीको मुद्दामा जिल्ला अदालतकै फैसला सदर भएको थियो ।

उनीविरुद्ध २०७२ साल भदौ ७ गतेको थारुहट आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी हत्यामा संलग्न रहेको आरोप छ ।

 



प्रतिक्रिया दिनुहोस्