Logo

नक्कली शरणार्थी प्रकरणले सत्ता गठबन्धनमा कुनै असर पर्दैनः प्रकाशशरण महत



काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणले सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् । पार्टी प्रवक्तासमेत रहेका महतले आज (मंगलबार) पत्रकार सम्मेलनमा बोल्दै आफूहरु यस प्रकरणमा प्रभावकारी र निष्पक्ष छानविन हुनपर्ने पक्षमा रहेको बताएका हुन् ।

‘यो गम्भीर विषय हो । नेपाली कांग्रेसले यसलाई गम्भीरतापूर्वक लिएको छ । निष्पक्ष छानविन हुनपर्छ । हामी पूर्ण सहयोगका लागि तयार छौं । दोषी नउम्किउन, निर्दोष नफसुन्,’– महतले भने ।

साथै, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष रहेको बताएको पनि महतले बताए । खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेकाले पार्टीले उनलाई कारबाही नगरेको महतको भनाई छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्