Logo

रेशमको मुद्दामा सकियो बहस



काठमाडौं, २ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका पूर्व सांसद् रेशम चौधरीविरुद्धको मुद्दामा आज(मंगलबार) बहस सकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा परेको उनको मुद्दा सोमबार हेर्दाहेर्दैमा परेको थियो ।

चौधरीको मुद्दामा बहस सकिएपछि आजै फैसला आउन सक्ने सम्भावना रहेको छ। उनीमाथि २०७२ भाद्र ७ मा भएको टीकपुर घटनामा संलग्न रहेको आरोप छ।

उक्त घटनामा उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि उच्च अदालत दिपायलमा पुनरावेदन गएका चौधरीको मुद्दामा उच्च अदालत दिपायलले जिल्ला अदालतकै फैसला सदर गरेपछि उनी सर्वोच्च गएका थिए।

उनीविरुद्ध २०७२ साल भदौ ७ गतेको थारुहट आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी हत्यामा संलग्न रहेको आरोप छ।



प्रतिक्रिया दिनुहोस्