Logo

मेयर शेर्पाको आरोप, ‘मन्त्रालयका सचिव र उपसचिवले अनुचित लाभको अपेक्षा गरे’



काठमाडौं, २ जेठ । सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले संघीय मामिला मन्त्रालयका उपसचिव र सचिवको कारण आफू अमेरिकामा हुने ‘नेपाल डे परेड’ मा विशिष्ट अतिथिको रुपमा सहभागी हुन नपाएको आरोप लगाएका छन् ।

मन्त्रालयका उपसचिव प्रल्हाद कार्की र सचिव कृष्णहरि पुस्करले अनुचित लाभको अपेक्षा गरी आवश्यक डकुमेन्ट उपलब्ध नगराएको आरोप उनले लगाएका छन् ।
‘मेरो भ्रमणसँग सम्बन्धित आवश्यक डकुमेन्ट उपलब्धताको विषयमा मन्त्रालयको सम्बन्धित शाखामा सम्पर्क राख्दा अनुचित लाभको अपेक्षासहित बार्गेनिङ गरि उपसचिव प्रल्हाद कार्की र सचिव कृष्णहरि पुस्करले असहयोग गरेको कारण मेरो भ्रमण तयारी समयमा पूरा हुन सकेन,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्