Logo

रेशमको मुद्दामा सुनुवाइ सकियो, न्यायाधीशद्वय जुटे छलफलमा



काठमाडौं, २ जेठ । रेशम चौधरीको मुद्दामा सुनुवाई सकिएको छ । उनको मुद्दाको फैसला आजै आउने सम्भावना रहेको उनका अधिवक्ता बताउँछन् । अहिले सुनुवाइ सकिएसँगै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदी आन्तरिक छलफलमा जुटेका छन् ।

‘मुद्दाको सुनुवाइ सकियो । यो संयुक्त इजलासमा सुनुवाइ भएको मुद्दा भएकाले न्यायाधीशहरु छलफलमा जुट्नु भएको छ । आजै फैसला आउने सम्भावना उच्च छ । यदि आज फैसला नआएपनि फैसला आउने मिति तोकिने छ,’– रेशमको तर्फबाट वकालत गरेका एक अधिवक्ताले भने ।



प्रतिक्रिया दिनुहोस्