काठमाडौं, २ जेठ । रेशम चौधरीको मुद्दामा सुनुवाइ सकिएको छ । उनको मुद्दाको फैसला आजै आउने सम्भावना रहेको उनका अधिवक्ता बताउँछन् । अहिले सुनुवाइ सकिएसँगै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदी आन्तरिक छलफलमा जुटेका छन् ।
‘मुद्दाको सुनुवाइ सकियो । यो संयुक्त इजलासमा सुनुवाइ भएको मुद्दा भएकाले न्यायाधीशहरु छलफलमा जुट्नु भएको छ । आजै फैसला आउने सम्भावना उच्च छ । यदि आज फैसला नआएपनि फैसला आउने मिति तोकिने छ,’– रेशमको तर्फबाट वकालत गरेका एक अधिवक्ताले भने ।
ती अधिवक्ताका अनुुसार रेशम छुट्ने सम्भावना बढि छ । रेशम निर्दोष रहेको प्रमाण आफूहरुले अदालतमा प्रस्तुत गरिसकेको उनी बताउँछन् ।