काठमाडौं, २ जेठ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटी क्षेत्रको अवार्ड ‘हापा अवार्ड’बाट सम्मानित् भएका छन्।
हालै मलेसियामा आयोजित कार्यक्रममा एनआरएनए मलेसियाका सचिव अधिकारीलाई मलेसियाको हस्पिटालिटि क्षेत्रको ‘हापा अवार्ड’ २०२३ बाट सम्मानित् गरिएको हो।
हालै आयोजित एक कार्यक्रमकाबीच रक क्याफे एन्ड बार, रक बटम एन्ड बार र ओलिभ किचन एन्ड बारका सिनियर मेनेजर अधिकारीलाई उक्त सम्मानबाट सम्मानित् गरिएको हो।
मलेसियाको हस्पिटालिटि क्षेत्रको सबैभन्दा ठूलो अवार्ड हाफा अवार्ड अधिकारीले मलेसियामा पर्यटन व्यवसायको प्रवद्धन र हस्पिटालिटी क्षेत्रमा गरेको विशेष योगदानका कारण उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको बताइएको छ।
दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध अधिकारी यसअघिपनि यस्ता आधा दर्जनभन्दा बढी राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानबाट सम्मानित् भइसकेका छन्।
हाफाले हरेक वर्ष आयोजना गर्ने यस कार्यक्रमका लागि मलेसियाभरका होटल, रेस्टुरेन्ट, ट्राभल्सलगायत हस्पिटालिटी क्षेत्रमा आवद्ध ब्यवसायीहरुले सहभागी जनाउने गरेका छन्।