Logo

संसदीय समितिलाई कर्मकाण्डी बनाउनु हुँदैन : रास्वपा सभापति लामिछाने



काठमाडौं,२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिहरुलाई केवल कर्मकाण्डी बनाउन खोज्नु गलत भएको बताएका छन् ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको वैठमा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले समितिले छलफल गरेर निष्र्कषमा पुरर्याएको विषयमा तोडमोड गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ। तर संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निस्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन। कसैलाई फसाउन गरिएको निर्णय हो भने बिरोध गरौँ नत्र भने लागू गरौँ। प्रभावकारी बनाएर हामी जानुपर्छ। निर्देशनको पालना नभएको हकमा के हुन्छ, त्यसलाई मध्यनजर गरौँ।’’ file photo



प्रतिक्रिया दिनुहोस्