Logo

प्रहरीलाई शरणार्थी प्रकरणमा निर्दोष फस्ने काम नहोस् भनेका छौँ : गृहमन्त्री श्रेष्ठ



काठमाडौं, २ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गरिरहेको नेपाल प्रहरीलाई कोही निर्दोष फस्ने काम नहोस् भनेर भनेको बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार बोल्दै उनले शरणार्थी प्रकरण प्रहरीलाई कोही निर्दोष फस्ने काम नहोस् भनेर भनेको बताएका हुन्।

उनले भने, ‘हामीले समृद्धिको यात्राको प्रमुख बाधक जो छ, भ्रष्टाचार र कुशासनलाई समाधान गर्न हामीले अरु पनि यस प्रकारका समाधानहरु छन् त्यसलाई निर्भिकतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्छु। भुटानी शरणार्थी बनाएर पठाउने जुन केस हो, अहिले अनुसन्धान सकिएको छैन। अनुसन्धानको समय कम भएकाले प्रहरीले २४ घण्टा नै काम गर्नुपरेको बाध्यता छ, प्रहरीलाई प्रारम्भिक चरणदेखि नै कुनै राजनीतिक वा अवाञ्छनीय प्रभावबाट मुक्त राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिइएको छ। कोही निर्दोष फस्ने काम नहोस् भनेर भनेका छौँ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot