Logo

जीडीपीमा कुन प्रदेशको कति योगदान ? (सूचीसहित)



काठमाडौं,२ जेठ । चालु आर्थीक वर्षको कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा प्रदेशहरुको अनुमानित योगदानको तथ्यांक सार्वजनिक भएको छ ।

केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको देखिएको छ भने सबैभन्दा कम योगदान कर्णाली प्रदेशको रहेको छ ।

कार्यालयका अनुसार बागमती प्रदेशको जीडीपीमा योगदान १९ खर्ब ८१ अर्ब रहेको छ यो कूल योगदानको ३७ प्रतिशत हो ।त्यस्तै कर्णाली प्रदेशले २ खर्ब २१ अर्बको योगदान दिने अनुमानित तथ्यांक सार्वजनिक भएको हो ।

कुन प्रदेशको कती योगदान ?

बागमती प्रदेश ३७ प्रतिशत (१९ खर्ब ८१ अर्ब)

कोशी प्रदेश १६ प्रतिशत (८ खर्ब ४९ अर्ब)

लुम्बिनी प्रदेश १४ प्रतिशत (७ खर्ब ६२ अर्ब)

मधेस प्रदेश १३ प्रतिशत (७ खर्ब ७ अर्ब)

गण्डकी प्रदेश ९ प्रतिशत (४ खर्ब २८ अर्ब)

सुदूरपश्चिम प्रदेश ७ प्रतिशत (३ खर्ब ७६ अर्ब)

कर्णाली प्रदेश ४ प्रतिशत (२ खर्ब २१ अर्ब)



प्रतिक्रिया दिनुहोस्