Logo

१० दलको बैठक : सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको ब्रिफिङ, मागे लिखित जवाफ



काठमाडौं, २ जेठ । सत्तारुढ १० दलको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ।

बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर ल्याउन लागेको ब्रिफिङ गरेको बताइएको छ।

यस्तै, प्रधानमन्त्री दाहालले सत्तारुढ १० दलसँग नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयवस्तुका बारेमा लिखित सुझावपनि मागेगरेको बैठकमा सहभागी एक नेताले बताए।

file photo



प्रतिक्रिया दिनुहोस्