काठमाडौं, २ जेठ । रेशम चौधरीलाई सफाइ दिन सर्वोच्चले इन्कार गरेको छ । उनीविरुद्धको मुद्दाको अन्तिम सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वाय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत कैलालीकै फैसला सदर गरेको हो ।
उनीविरुद्ध टीकापुर घटनामा आठ जना प्रहरीको हत्यामा संलग्न रहेको आरोप छ ।