Logo

टीकापुर घटनाको फैसलाः सिताराम र गंगारामले पाए सफाइ



काठमाडौं, २ जेठ । टीकापुर घटनाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाई पाएका छन् । आज (मंगलबार) न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासले उनीहरुलाई सफाई दिएको हो ।

‘पुनरावेदक प्रतिवादीमध्येका “विद्रोह” भन्ने सिताराम चौधरी र गंगाराम चौधरीको हकमा हेर्दा शुरू अदालतबाट साबिक मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको १३(३) नं. बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योग तर्फ ऐ. १५ नं बमोजिम ५ (पाँच) वर्ष कैद सजाय गरेको मिति २०७५।११।२२ को फैसला सदर गरेको उच्च अदालत दिपायलको मिति २०७७।०९।०२ को फैसला मिलेको नदेखिदा उल्टी भइ निज प्रतिवादीहरुले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ,’– फैसलामा भनिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot