Logo

अनेकिम (क्रान्तिकारी केन्द्र) ले भन्यो, ‘नक्कली शरणार्थी प्रकरणमा सरकारको कदम ऐतिहासिक र प्रशंसायोग्य’



काठमाडौं, २ जेठ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको कदमलाई ऐतिहासिक र प्रशंसायोग्य भनेको छ । आज (मंगलबार) विज्ञप्ति जारी गर्दै खिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले अमेरिका पठाउने नाममा भ्रष्टाचार गर्ने व्यक्तिहरूलाई गिरफ्तार गरी हिरासतमा लिने र छानबिन अघि बढाउने कामको स्वागत गरेको हो ।

‘नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाउने, गैरकानुनी रूपमा अमेरिका वा तेस्रो देशमा पठाउने नाममा करोडौँ रुपैयाँ भ्रष्टाचार गर्ने र सो प्रयोजनका लागि आफ्नो ओहोदाको दुरुपयोग गर्ने, अप्रासंगिक तरिकाले छानबिन आयोग बनाउने, आयोगको प्रतिवेदनसहित अन्य किर्ते दस्तावेजहरू तयार गर्ने लगायतका धेरै कसुरहरू जोडिएको र देशकै ठुला राजनीतिक दलका नेताहरूको संलग्नता देखिएको यस काण्डमा नेपालको इतिहासमै सबैभन्दा उच्च ओहादाका पदाधिकारी तथा कर्मचारीहरूलाई हिरासतमा लिई छानबिन गर्ने कार्य कुनै चानचुने कुरा होइन,’– अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का महासचिव नहेन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नक्कली भुटानी शरनार्थी प्रकरणमा सरकारले चालेको कदमले गणतन्त्र, लोकतन्त्र र कानुनको शासनको पक्षमा नयाँ आशाको दियो बलेको किसान महासंघ (कान्तिकारी केन्द्र) को बुझाई छ । यस प्रकरणमा सरकारको दृढताले नेकपा (माओवादी केन्द्र) मात्रै नेपाली जनताको सच्चा प्रतिनिधि हो भन्ने पुष्टि भएकोसमेत विज्ञप्तिमा उल्लेख छ ।

नक्कली शरणार्थी प्रकरणसँगै निर्मला पन्त हत्या प्रकरण, वाइडबडी काण्ड, यति होल्डिङ काण्ड, ओम्नी प्रकरण, सेक्युरिटी प्रेस प्रकरण, ल्याब प्रकरण, फोर जी प्रकरण, एनसेल प्रकरण लगायतका काण्डहरूको छानबिन गर्नसमेत माग गरिएको छ ।

भ्रष्टाचारविरुद्ध नेपाल सरकारले उठाउने सबै साहसिक कदमहरूप्रति समर्थन र ऐक्यबद्धता रहने पनि अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले बताएको छ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठः



प्रतिक्रिया दिनुहोस्