Logo

मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय संरक्षक समितिमा १२ सदस्य नियुक्त



काठमाडौं,२ जेठ । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्यमा १२ जनालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले संरक्षक समितिको सदस्यमा डा.सन्दुक रुइतसहित १२ जनालाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

सरकारकी प्रवक्तासमेत रहेकी शर्माका अनुसार सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संरक्षक समितिमा प्रा श्रीराम रामकृष्ण सिंगापुर, प्रा संगीता सिंह काठमाडौं, प्रा.पुष्करमान बज्राचार्य काठमाडौं, प्रा सुजान कौटियर क्यानडा, प्रा. नाम त्योस्यो, अमेरिका, प्रा. सुर्दशनराज तिवारी काठमाडौं, पदम ज्योति काठमाडौं, लोचन ज्ञवाली ललितपुर, डा.सन्दुक रुइत, काठमाडौं र भानुप्रसाद आचार्य भक्तपुर नियुक्त गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्