Logo

यस्तो छ रेशम चौधरीसहितको मुद्दाको संक्षिप्त आदेश (पूर्णपाठसहित)



काठमाडौं, २ वैशाख । सर्वोच्च अदालतले रेशम चौधरीको मुद्दामा उच्च अदालत दिपायलकै फैसलालाई सदर गरेको छ । न्यायाधीशद्य आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासले सोही प्रकरणका सिताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाई दिएको छ । साथै, लक्ष्मण चौधरीको मुद्दामा पनि सजाय घटाएको छ ।

लक्ष्मणको मुद्दामा उच्च अदालत दिपायलको पाँच वर्ष कैद हुने फैसलालाई उल्टाउँदै सर्वोच्चले तीन वर्षमा झारेको छ । त्यसैगरी अन्य प्रतिवादीको हकमा भने सफाई पाऊँ भन्ने उनीहरुको पुनरावेदनको जिकिर नपुग्ने सर्वोच्चले फैसला सुनाएको छ । ‘अन्य प्रतिवादीको हकमा अभियोग दावीबाट सफाई पाऊँ भन्ने नीजहरुको पुनरावेदनको जिकिर पुग्न सक्दैन,’– संक्षिप्त आदेशमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्