Logo

नेविसंघले भन्यो : आरजु राणाको नाम जोडिएको अडियो चाँडो छानबिन गर



काठमाडौं, २ जेठ । नेपाल विधार्थी संघ(नेविसंघ)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ डा आरजु राणा देउवाको नाम जोडिएको अडियोको सत्यतथ्य र चाँडो छानबिन गर्न माग गरेको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस नेतृ आरजु राणा देउवाको नाम जोडिएर आएको नक्कली अडियो छानबिनको लागि उहाँले दिनुभएको उजुरीमाथि छानबिन हुन नसक्नु दु:खद रहेको तत्काल सो अडियोको छानबिन गरि राणाले माग गरे जस्तो सत्यतथ्य सार्वजनिक गर्ने नेविसंघ प्रशासनसँग जोडदार माग गर्दछ।’



प्रतिक्रिया दिनुहोस्