काठमाडौं, २ जेठ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अमेरिकी रहदानी त्यागेको प्रमाण मागेको ।
सर्वोच्चले जिल्ला प्रशासन कार्यालय, बबरमहल र अध्यागमन विभाग, कालिकास्थानलाई पत्र लेख्दै निस्सा (प्रमाण) मागेको हो।
निवेदक युवराज पौडेलको निवेदनका आधारमा सर्वोच्चले निस्सा माग गरेको हो।