काठमाडौं,३ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले डिल्लीबजार कारागारमा कैद सजाय भोगीरहेका पुर्वसांसद तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई क्रान्तिकारीको संज्ञा दिएका छन् ।
टिकापुर घटनामा दोषी ठहरगर्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले सुनाएको जन्मकैदको फैसलाविरुद्ध सर्वोच्च गएका चौधरीलाई हिजो सर्वोच्चले पनि उच्च र जिल्ला अदालतकै फैसला सदर गरिदिएपछि असन्तुष्टि व्यक्त गर्दै भट्टराईले अदालतका न्यायाधीश र क्रान्तिकारीबीच अन्तरविरोध चलिरहने भन्दै रेशमलाई क्रान्तिकारीको संज्ञा दिएका हुन् ।
ट्वीटरमा उनले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुराना \विद्यमान कानून, नजीर, सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् । क्रान्तिकारीले पुरानो\ विद्यमानसँग विद्रोह गरेर नयाँ\भविष्यमुखी सोंच\मान्यता\विधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन् । इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ । रेशम चौधरी क्रान्तिकारी हुन् । सलाम ।’