Logo

रामकुमारी झाँक्रीलाई धमलाको प्रश्न, ‘एमालेमा जान लागेको हो ?’



काठमाडौं, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले तत्काल नेकपा (एमाले) सँग पार्टी एकताको सम्भावना नरहेको बताएकी छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी एकताको प्रस्ताव कतैबाट पनि नभएको बताएकी हुन् । आफूले अहिलको राजनीतिलाई नियालीरहको उनको भनाई छ । राजनीति आउट अफ ट्रयाक नजाओस् भनेर आफू सचेर रहेको पनि उनले बताईन् ।

‘एकता पनि तत्काल हुने देख्दिँन मेरो प्रस्ताव पनि खास्सै छैन । लोकतन्त्र, व्यक्ति, विचार, संगठन र राजनीति रोज्ने व्यवस्था हामीले ल्याएपछि यहाँ कसले लगाम लगाउने ? व्यक्तिगत निर्णय गर्न त कुन ठूलो कुरा छ र ? जहिले पनि गर्न सकिने भयो । म पोल्टिक्स आउट अफ ट्रयाक नहोस् भनेर हेरिरहेको हो,’– उनले भनिन् ।

ढिलोचाँडो कम्युनिष्ट शक्तिहरु एक हुनुकोृ विकल्प नभएको उनको भनाई छ । आगामी दिनमा कम्युनिष्टहरुको नेतृत्व एमाले र डेमोक्रेटिकहरुको नेतृत्व कांग्रेसले गर्ने उनको दाबी छ ।

‘ढिलो चाँडो डेमोक्रेटिक फोर्सेस् र लेफ्टहरु एक ठाउँमा हुनुपर्छ । क्लासिकल हिसाबले डेमोक्रेटिक उइङ्स्को नेतृत्व गर्ने परम्पारागत पार्टी नेपाली कांग्रेस हो । लेफ्ट डेमोक्रेटिक उइङ्स्मा इतिहासको लिगेसी पनि जोडिएको पार्टी एमाले हो । एमालेकै वरिपरी ध्रुवीकरण सुरु होला अथवा कांग्रेसकै वरिपरी सुरु होला । आउने इलेक्सन अथवा त्यसमा धक्का खाएर त्यो भन्दा पछिको इलेक्सनसम्ममा ध्रुवीकरणको प्रक्रिाय सुरु हुनु अनिवार्य छ,’– झाँक्रीले भनिन् । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्