Logo

नागरिक उन्मुक्ति पार्टीले पत्रकार सम्मेलन गर्दै



काठमाडौं, ३ जेठ । नागरिक उन्मुक्ति पार्टीले पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टीका संरक्षक रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्चले सदर गरेपछि नाउपले आज (बुधबार) पत्रकार सम्मेलनको तयारी गरेको हो ।

नाउपाले आज दिउँसो १ बजे रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्ने भएको छ । सवोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवदीको संयुक्त इजलासले उनी विरुद्धको जन्मकैदको फैसला सदर गरेको थियो ।

टीकापुर घटनामा दोषी रहेको ठहर गर्दै जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । लगत्तै उच्च अदालत दिपायलमा पुनरावेदन गएका चौधरीको मुद्दा त्यहाँ पनि सदर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्